बिहिबार, चैत्र १५, २०८०

८ कार्टुन अण्डा नष्ट

 गौशाला असोज २१, इलाका प्रहरी राम गोपालपुर द्वारा भारतीय बजारबाट लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा पक्राउ परेका ८ कार्टुन अबैध अण्डा आज नष्ट गरिएको छ।
इलाका प्रहरी कार्यालय रामगोपालपुरका सइ अशोक झाको नेतृत्वमा गस्तीमा निस्केको प्रहरीले सम्सीमा बरामद गरेको ८ कार्टुन अण्डा नष्ट गरिएको हो।
नष्ट गर्ने क्रममा रामगोपाल पुर वाड. ५ का वडा अध्यक्ष जितेन्द्र चौधरी , व्यनपार सङ्ह राम गोपालपुरका अध्यक्ष बैधनाथ शाह, र पत्रकारको उपस्थितीमा नष्ट गरिएको हो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।