बिहिबार, बैशाख १३, २०८१

५४ सिटका लागि सभासद् छनोट गर्ने जिम्मेवारी एमाओवादीको केन्द्रीय समितिलार्इ

 काठमाडौँ पौष १२ एनेकपामाओवादीको पूर्व पोलिटब्युरो आज केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले संविधानसभाको निर्वाचनमा पार्टीलाई समानुपातिकतर्फ प्राप्त images (21)५४ सिटका लागि सभासद् छनोट गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको छ । आजको बैठकले जनयुद्धमा विशेष योगदान गरेको, घाइते तथा अपाङ्ग  , सहिद परिवार, पार्टीको एजेन्डालाई प्रस्टसँग राख्नसक्ने र राजनीतिकरूपमा परिपक्व भएकालाई सभासद् चयन गर्ने कार्यविधि पनि तय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन ।