शुक्रबार, चैत्र १६, २०८०

५२ प्रतियोगीलाई पछिपार्दै चौधरीले जिते प्रथम पुरस्कार

बुधबारे भाद्र २५ , बुधबारे जेसीजले जेसीज सप्ताह अन्तर्गत बुधबारे बजारमा आइतबार आयोजना गरेको स्लो मोटरसाइकल रेस प्रतियोगितामा बुद्धशान्ति १ का खिरानन्द चौधरी प्रथम भएका छन् ।  सवारी दुर्घटना न्युनिकरणको लागि नागरण सिर्जना गर्ने लक्ष्य अनुरुप आयोजित उक्त प्रतियोगितामा ५२ जना प्रतियोगीलाई 21584744_10214632660188936_737817936_nपछि पार्दै ५० मिनेटको दूरी उनले एक मिनेट १९ सेकेन्डमा पार गरी विजेता बनेको हो ।

बुधबारे जेसीजका महासचिव अनिल वाग्लेलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिए अनुसार ट्राफिक प्रहरी पोष्ट बुधबारेका प्रमुख चन्द्र 21586067_10214632660228937_1435009076_nराउतको प्रमुख आतिथ्यमा सम्पन्न प्रस्तुत प्रतियोगिता बुधबारे जेसीजका कार्यवहाक अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व तथा , वरिष्ठ उपाध्यक्ष जेसी चन्द्र कटवालको संयोजकत्वमा सम्पन्न भएको थियो ।