बिहिबार, बैशाख १३, २०८१

५० हजार घुससहित नगरपालिकाका दुई कर्मचारी पक्राउ

काठमाडौं पुस २३ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर टोलीले लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ ।

अऋितयारद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार घर अभिलेखन कार्यका लागि नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारटोलीले निज श्रेष्ठ र नेपालीलाई रु ५० हजार घुस लिइसकेको अवस्थामा कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको जनाएको छ ।

त्यस्तै आयोगलेरकमसहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।