शनिबार, बैशाख ८, २०८१

४० जना स्कुले विद्यार्थी चढेको डुंगा समुद्रमा डुब्यो , ३२ को सकुशल उद्धार, चारको मृत्यु , ४ जना वेपत्ता

समाचार एजेन्सी पुस २९ , भारतको मुम्बईनजिकको तटीय क्षेत्रमा  स्थानीय बाबूभाई जूनियर क्याम्पसका ४० जना   विद्यार्थी चढेको डुंगा अरब सागरमा डुबेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त डुंगा दूर्घटनामा परेका  विद्यार्थीको चाप डुंगाको क्षमताभन्दा बढी रहनुको अलावा लाइफ ज्याकेट’ समेत नलगाएको जनाउदै दूर्घटनामा परेकामध्ये ३२ जनाको सकुशल उद्धार गरिएको र चारजनाको शव फेला परेको अधिकारीहरुलाइ उदृत गर्दै जनाएको छ ।
भारतीय सन्चारमाध्यमका अनुसार दूर्घटनामा परेका अझै ४जना हराइरहेकाले उद्धार  र खोजी   जारी रहेको जनाएकोछ ।  फोटो: आज तक

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।