शुक्रबार, चैत्र १६, २०८०

३ नं. प्रदेशको राजधानी भक्तपुर बनाउने प्रतिबद्धता

भक्तपुर मङ्सिर २७,  नेकपा एमालेका तर्फबाट भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामाको निर्वाचन अन्र्तगत भक्तपुर २ नं. को प्रतिनिधिसभा निर्वाचित हुनु भएका महेश बस्नेत लगायतका निर्वाचित प्रदेश र प्रतिनिधिसभाका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।   रफत सञ्चार क्बलले गरेको अन्तरसंवादमा बोल्दै भक्तपुर ३ नं. प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् ।

भक्तपुरको सानोथिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँटाटायल कारखाना लगायतका क्षेत्रमा ३ नं. प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको उहाँहरुको जिकिर रहेको थियो ।

भक्तपुरलाई ३ नं. प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आफू निर्वाचित भएपछि मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसँग कुरा गरिसकेकाले अब भक्तपुरमा नै अस्थायी राजधानी हुने बताउनुभयो ।  भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा क बाट निर्वाचित शशीजंग थापा , ख बाट निर्वाचित राजेन्द्रमान श्रेष्ठ अब भक्तपुर नै ३ नं. प्रदेशको राजधानी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।