बिहिबार, बैशाख १३, २०८१

३ करोड नेपाली जनताले चाहना माथि खेलवाड नगर्न अध्यक्ष ओलीको चेतावनी

काठमाडौं मंसिर १६, आसन्न निर्वाचनको चुनाव प्रचारप्रसार क्रममा गाईघाटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर २ज्ञको लागि प्रस्तावित निर्वाचन रोक्ने मनशायले बम आतंक सिर्जना गरिएको बताउँनु भएको छ ।
त्यस्तै सम्बोत्रनको क्रममा अध्यक्ष ओलीले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने भन्दै तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई/चारवटा बम पड्कदैमा नरोकिने बताउँनु भएको छ ।

 पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले निर्वाचनमार्फत मुलुकमा बाम सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लाने कार्यलाइ प्रभावित पार्ने लक्ष्यले कसैले पनि खेलबाड नगर्न अध्यक्ष ओलीले चेतावनी अब बन्ने वाम सरकारले मुलुकलाई सुशासन र स्थिरता दिने दाबी समेत गर्नुभएको छ ।    सो चुनावीसभालाई वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ का उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेश सभाका उम्मेदवार रामबहादुर थापा, विमल कार्की, नारायण बुर्जालगायतले सम्बोधन गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।