बिहिबार, बैशाख १३, २०८१

३५ हजार घुस सहित गुठीका कर्मचारी पक्राउ, इन्जिनियर खनालविरुद्ध मुद्दा दायर

 काठमाडौ साउन ४ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत इन्जिनियर शेखरनाथ खनालविरुद्ध विहिवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार इन्जिनियर खनालले खानेपानी तथा सरसफाइसम्बन्धी कामको पहिलो किस्ताबापतको बिल भुक्तानी गर्ने क्रममा रु एक लाख ३० हजार घुस माग्दै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै आयोगले दायर मुद्धामा निज खनालसँग बिगो असुल गरी कैद सजायको समेत माग गरिएको जनाएको छ।  यसैवीच आयोगले महोत्तरीको जलेश्वरस्थित गुठी संस्थानका सहायक कर्मचारी जयकुमार राउत शर्मालाई विहिवार ३५ हजार घुस लिएको आरोपमा रङगेहात पक्राउ गरेको जनाएको छ ।

 आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले निज शर्मालाइ सेवाग्राहीसँग लिएको भनिएको रकमसहित नियन्त्रणमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा अभियुक्त शर्माले सेवाग्राहीसँग गुठीअन्तर्गतको जग्गाको धितो फुकुवा गराइदिने भन्दै घुस मागेको आयोगले आरोप लगाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५ /Friday, July 20th, 2018