बुधबार, बैशाख १२, २०८१

३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ

 काठमाडौ वैशाख ९,  ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोपमा पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरिएको छ । सुनकाण्डमाको छानविनको क्रममा गृह मन्त्रालयद्दारा गठित छानविन समितिको निर्देशनपछि निरौलालइ पक्राउ गरिएको बुझिएको छ ।

गत माघ ७ मा युएईबाट ३३ किलो सुन त्रिभुवन विमानस्थलमा आइपुगेको देखिएको दावी गरिएको छ । यूएईबाट आएको सुन विमानस्थलबाट बाहिर निकाल्ने, बाहिर निकालेको सुन जिम्मा लिने र त्यसको व्यवस्थापन गर्ने छुट्टाछुट्टै समूह रहेको दावी प्रहरीको रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।