बिहिबार, बैशाख १३, २०८१

२८ वर्ष अघिको तिहारको गितमा जमुनाको रिमेक

काठमाडौं कार्तिक १९,  ‘दीयो बाली साँझको……….भारतीय गायिका आशा भोसलेले गाएको तिहारको यो गित नेपाली जनमानसमा परिचित छ । २८ वर्ष अघि गाइएको सो गितलाई हालै मात्र नेपाली गायिका जमुना शर्माले रिमेक गरेकी छिन । २०४७ सालमा रिलिज भएको नेपाली चलचित्र ‘चिनो’मा समावेश सो गितको शब्द तुलसी घिमिरेले रचना गरेका हुन् भने ‘ओरिजिनल’ संगीत रञ्जित गजमेरको छ ।

हाल रिमेक गरिएको गितलाई भने गायिका शर्माका श्रीमान प्रमोद तिमिल्सिनाले संगित दिएका छन । लामो समय देखि भारतको मुम्बईमा बस्दै आएकी गायिका शर्माले संगीतकार रन्जित गजमेरको अनुमतीमा यो गीतलाई रिमेक गरेकी हुन ।

 

भारतीय गायक कैलाश खेरको मुम्बईमा रहेको कैलाशा स्टुडियोमा सो गित रेकर्ड गरिएको गायिका शर्माले जानकारी दिइन । गीतको भिडियो छायांकन मुम्बई र नेपालमा गरिएको थियो । भिडियोमा दिपावली गरिएको दृश्यमा पनौतीको उग्रचण्डी बोर्डिङ स्कुलका छात्राहरुको अभिनय छ । गायिका शर्माले दिपावलीलाई लक्षित गरी गित सार्वजनिक गरिएको बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।