शनिबार, बैशाख ८, २०८१

२३ औं  महानगर दिवसमा धुलोमुक्त काठमाडौं अभियान चलाइने

काठमाडौ मंसिर १९ ,   काठमाडौं महानगरपालिकाले आसन्न २३ औं  महानगर दिवस धुलोमुक्त काठमाडौं अभियानकासाथ मनाउने निर्णय गरेको छ । महानगर दिवस कार्यक्रम उपसमितिको सोमबार बसेको वैठकले निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरे यता महानगरले प्रत्येक मंसिर २९लाइ महानगर दिवसकोरुपमा मनाउँदै आएको छ । ।

त्यस्तै समितिले महानगर दिवसको लागि प्रस्तावित कार्यक्रम अनुरुप मंसिर २७, २८ गते काठमाडौंका मुल सडकबाट ठूलो परिणाममा धुलो उठाउने लक्ष्य तय गरिएको छ भने मंसिर २९ गते बसन्तपुरबाट बागदरबारसम्म झाँकीसहित प्रभातफेरी गर्ने, मूल कार्यक्रममा उत्कृष्ट करदाता सम्मान, सफाइ अभियन्ता सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायतका सम्मान कार्यक्रम गरिने उपसमितिको वैठकले निर्णय गरेको छ ।

महानगर दिवसको लागि काठमाडौं महानगरले प्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेको उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यसहित ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ भने प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्व, प्रशासन महाशाखा प्रमुख सदस्य सचिव रहेको २३ सदस्यीय कार्यक्रम उपसमिति गठन गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।