बिहिबार, चैत्र १५, २०८०

२२ दिनको सार्वजनिक बिदा कटौती गर्ने गृहको तयारी

काठमाडौ चैत १४,  सरकारले यसअघि हुँदै आएको  सार्वजनिक बिदामा कटौति गर्ने तयारी गरेको छ । गृह मन्त्रालय सम्वद्ध सूत्रका अनुसार यसअघि विभिन्न पर्व र दिवसको अवसरमा दिदै आएको २२ दिनको सार्वजनिक बिदा कटौती गर्ने प्रस्ताव तयार भएको र उक्त प्रस्ताव अवको मन्त्रीपरिषद बैठकबाट  पारित गर्ने तयारी रहेको बताईएको छ ।

सम्वद्ध स्रोतका अनुसार सार्वजनिक बिदाको समय निकै  भएको र विदाका कारण सरकारले लिएको स्थिरतासहितको आर्थिक समृद्धिको लक्ष्यमा अवरोध भएको निष्कर्ष सहित जारी विदा कटौति गनर्सको अलावा सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको बताईएको छ

मन्त्रालय स्रोतका अनुसार आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवस , राष्ट्रिय एकता दिवस सहिद दिवस त्यस्तैगरि रामनवमी श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा ,ऋषिपञ्चमी , घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा, ल्होसार, क्रिसमस, छठ लगायतका दिनमा दिने गरिएको विदा पनि कटौति गर्ने तयारी रहेको बताईएको छ ।

त्यस्तै, सरकारी कार्यालयहरू १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् । यसैगरी, १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द गर्ने प्रस्तव गरिएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।