शुक्रबार, बैशाख ७, २०८१

१ लाख घुससहित अधिकृत झा पक्राउ,ईलेक्ट्रिसियन न्यौपाने विरुद्ध मुद्धा दायर

काठमाडौं कार्तिक् २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।  आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले आज कार्यकक्षबाटै पक्राउ गरेको जनाउदै झामाथि थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यसैवीच आयोगले नेपाल विद्युत प्राधिकरण नेपालगंज बितरण केन्द्र, नो लाईट शाखा बाँकेमा कार्यरत ईलेक्ट्रिसियन जयराज न्यौपान विरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
आयोगद्दारा जारी विज्ञप्तिमा न्यौपानेले सेवाग्राहीसंग नयाँ कृषि बिद्युत मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुसररिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अनुसँधानगर्दा आयोगको कोहलपुर टोलीले टोलीले  ९   हजार  घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031