बुधबार, बैशाख १२, २०८१

१ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण भए राजनीति नगर्ने अर्थराज्यमन्त्री राणाको घोषणा

 ललितपुर मंसिर १८ , आसन्न निर्वाचनको क्रममा ललितपुर क्षेत्र न १.का उम्मेदवार एवम् नेपाली काँग्रेसका युवा नेता तथा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले आइतवार गोदावरी नगरपालिका चापागाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दैआफूले कहिल्यै भ्रष्टाचार नगरेको र कहीँकतै मैले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण भए राजनीति नगर्ने घोषणा गर्नु भएको छ ।

 त्यस्तै उहाँले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको र यसको कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुने भन्दै यसका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिन पनि अपिल गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।