शुक्रबार, चैत्र १६, २०८०

१९९० सालको भूकम्प सम्झना गर्दै भूगोल पार्कमा स्मृति सभा

काठमाडौं माघ २, १९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभाको आयोजना गरिएको छ ।  गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँगै उच्च अधिकारीको उपस्थितीमा सम्पन्न प्रस्तुत स्मृतिसभालाइ सम्बोधन गर्दै  गृहमन्त्री थापाले जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत हुनु पर्नेमा जोड दिनुभयो । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ । यो अबस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता भएको जनाउ दिनु भएको छ । त्यस अवसरमा गृहमन्त्री थापा र महानगरका मेयर शाक्यले संयुक्त रुपमा महानगरको विपद् व्यवस्थापन विभागले प्रकाशनमा ल्याएको आपतकालीन टेलिफोन सम्पर्क पुस्तिका सार्वजनिक गर्नुभएको थियो

त्यस्तै सभालाइ सम्बोधन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह गर्नु भएको छ साथै उहाँले अब महानगरसँग स्वीकृति नलिइ कुनै पनि प्रकारका सरकारी वा निजी भवन बनाउन नपाइने बताउँनु भएको छ । हामीले नेपाली सेनाका भवनहरुलाई पनि प्रक्रियामा ल्याएका छौं । भूकम्प प्रभावितको नक्सा दस्तुरमा छुट दिएका छौं । मेयर शाक्येल थप्दै भन्नुभयो — बरु नक्सा स्वीकृत गर्दा लाग्ने दस्तुरलाई अनुदानमा रुपान्तरण गर्न सक्छौं तर स्वीकृति नै नलिइ भवन बनाउन नदिने जनाउ दिनुभएको छ ।

त्यसैगरि महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीब्रता दिने कामलाइ निरन्तरता दिदै आएको बताए ।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २१ दिबस हो । यस बर्षको नारा “बिपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” रहेको छ ।  त्यस्तै यस बर्षको मूल कार्यक्रम आयोजना गर्ने जिम्मेवारी ललितपुरको परेको छ । यसैअनुसार दिनभर पाटन दरबार र जावलाखेल क्षेत्र केन्द्रीत कार्यक्रमको आयोजना गरिने जानकारी दिइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174