बुधबार, बैशाख १२, २०८१

१५ औँ धान दिवस- फोटो फिचर

काठमाडौं आषाढ १५, विगत एक दशक यता देखि प्रत्येक आषाढ १५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज   ‘धान उत्पादनमा वृद्धि :राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।

राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता  नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो  ।

   यसैवीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको रहेको बताएका छन । त्यस्तै असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वको रुपमा गरे अनुरुप   असार १५ लाई धान महोत्सवका   साथै  दही चिउरा खाँदै  मनाइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।