शुक्रबार, चैत्र १६, २०८०

१२ वर्षपछि खोलो फर्के: बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

आज अन्तिम २ का लागि  दोस्रो खेल  इङ्ल्यान्ड र क्रोएसियावीच  हुने

काठमाडौ असार २७, विश्वकप फुटवल अन्र्तगत गएराती भएको   अन्तिम २ का लागि भएको पहिलो खेलमा फ्रान्सले बेल्जियमलाई  १-० को गोल अन्तरमा हराउँदै विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  भनिन्छ १२ वर्षपछि वगेको खोलो पनि फर्किन्छ भने जस्तै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००६ मा जर्मनीमा भएको विश्वकप फुटबलको फाइनलमा पुगेको फ्रान्स ईटालीसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।

 खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५१ औं मिनेटमा फ्रान्सले गरेको एकमात्र गो नै खेलको लागि निर्णायक गोल बनेको हो ।  यो गोल एन्टोनियो ग्रेजम्यानको कर्नर प्रहारमा डिफेन्डर स्याुमएल उम्टीटीले निर्णायक गोल गरेका हुन् । त्यसलगत्तै बेल्जियमको अथक प्रयास पछि पनि कनै गोल सकेनन र अन्तत बेल्जियम पराजित भएके हो ।

 यसैवीच अन्तिम २ का लागि आज दोस्रो खेल  इङ्ल्यान्ड र क्रोएसियावीच  हुनेछ । यसअसको समुह चरणको खेलमा इङ्ल्यान्ड र क्रोएसियाले देखाएके खेलकौशलका कारण आजको खेल पनि त्यतिकै रोमाञ्चक र प्रतिस्प्रर्धात्मक हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।