मङ्लबार, बैशाख ११, २०८१

ॐनमः शिवायद्दारा सञ्चारकर्मीत्रय सम्मानीत

बिर्तामोड भाद्र ६ , बिर्तामोड–५स्थित ॐनमः शिवाय बचत तथा ऋण सहकारी संस्था लि.को ५औं बार्षिक साधारणसभा मंगलवार चारपानेमा सम्पन्न भएको छ । साधारणसभाको नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले उद्घाटन गर्नु भएको थियो भने संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा sashakari copyसम्पन्न भएको थियो ।  कार्यक्रममा संस्थाका संरक्षक गोविन्दविक्रम गिरी, पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी, समाचार सप्ताहिक एवम् नागरिक एफएमका सम्पादक गोपाल गिरी र ब्लाष्टका समाचारदाता उद्धव पुरीलाई सम्मान गरिएको थियो । संस्थाको उन्नतिमा संरक्षक र सञ्चारकर्मीले विशिष्ट योगदान पु¥याएको भन्दै सम्मानपत्रसहित उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा संस्थाका संरक्षक एवम् दशनामी समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द्रविक्रम गिरीद्वारा लिखित ‘सहकारी शिक्षा संक्षिप्त अध्ययन’ नामक पुस्तकको विमोचन गरिएको थियो । संस्थाले गत आर्थिक बर्षमा २६ लाख ९१ हजार १ सय ७० रुपैयाँ आम्दानी गरेको र विभिन्न शीर्षकमा २३ लाख ६२ हजार आठ सय ७१ रुपैयाँ खर्च भएको संस्थाका व्यवस्थापक युवराज गिरीले कार्यक्रममा जानकारी दिनु भएको थियो ।

यसैवीच साधारणसभापछि भएको अधिवेशनले संस्थाको अध्यक्ष पदमा पुनः भरतलाल गिरीको अध्यक्षतामा उपाध्यक्ष खिलबहादुर गिरी सहित ११ सदस्यीय कार्य समितिको सदस्यहरुमा एलबहादुर गिरी, बालकृष्ण गिरी, जीवनाथ गिरी, केदारबाबु गिरी, खड्ग गिरी, शंकर गिरी, डम्बर वन, नरबहादुर वन र शिवलाल गिरी निर्विरोध चयन गरेका छन । त्यस्तै लेखा समितिको संयोजकमा इन्द्रमणि पौडेल र सदस्यहरुमा राजनकुमार गिरी, घनश्याम गिरी निर्विरोध भएका छन् । निर्वाचन समितिमा अधिकृत एकराज गिरी तथा सदस्यहरु उद्धव पुरी र जंगकुमार गिरी रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।