बिहिबार, चैत्र १५, २०८०

हनुमन्ते खोलामा मात्रै होईन, अव राजमार्गमा फोहोर फाल्नेलाई पनि कारवाही: पूर्वमन्त्री बस्नेत

 पत्रकार रमेश गिरी सम्मानीत

रामचन्द्र प्रजापति/ मंसिर ५, गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुर शाखाले आज आयोजना गरेको सुशासन स्मारिका सार्वजनिकीकरण कार्यक्रमा पत्रकार रमेश गिरीलाई प्रतिनिधि सभाका सांसद एवं पूर्व उद्योग मन्त्री महेश वस्नेतले रु १५ हजार पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै पर्व मन्त्री बस्नेतले सिङ्गो भक्तपुर जिल्लालाई सफा बनाउने अभियानअन्तर्गत विहिवारबाट बाट एक महिने अरनिको राजमार्ग सफाई अभियान सुरु गर्ने उद्घोष गर्दै हनुमन्ते खोलामा मात्रै होईन, अरनिको राजमार्गमा पनि फोहोर फाल्नेलाई २४ घण्टा थुनामा राख्ने बताउनुभएको छ । त्यसक्रममा गाडीबाट फोहोर फाल्ने व्यक्ति र चालकसमेत यसको दायरमा आउँने उहाँको भनाइ रहेको थियो ।

कार्यक्रममा प्रदेश सभाका सांसदद्धय सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, जिसस  भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैसस महासंघ केन्द्रीय कोषाध्यक्ष जीतराम लामा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गैसस महासंघ भक्तपुरका पूर्वअध्यक्ष एवं सल्लाहकार दुर्गामोहन श्रेष्ठ, स्मारिका प्रकाशन समितिको संयोजक शान्ता मैनाली चुडाल, संस्थाका सचिव नारायणप्रसाद न्यौपानेले गैसस परिवर्तनको संवाहक भएको चर्चा गर्दै गैससको महत्वमाथि प्रकाश पारेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।