काठमाडौं कार्तिक १६, नेपाल पत्रकार महासंघले नोवेम्बर २ का दिन पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्ने उद्देश्यकासाथ यो दिवसलाई विश्वभरका पत्रकारले मनाउने विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्धको दिवसमा आज जारी विज्ञप्तिमा पत्रकारका हत्यारालाई दण्ड दिने प्रथा प्रभावकारी नहुँदा विश्वमा पत्रकारको हत्या हुने क्रम नरोकिएको दावी गरेका छन ।
महासंघका महासचिव रमेश विष्टद्दारा जारी उक्त विज्ञप्तिमा आइएफजेका अनुसार विश्वमा हत्या भएका ९० प्रतिशत पत्रकारले न्याय नपाएको उल्लेख गर्दै नेपालको सन्दर्भमा पनि पत्रकारका हत्यारालाई कारबाही गरी पीडितले न्याय पाएको घटना न्यून रहेको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा कतिपय अवस्थामा पत्रकारको हत्या गर्ने पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई प्रश्रय दिने गरेको तथा कारबाही नगर्न दबाब दिने गरेको कारण राज्य पत्रकारका हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउने पक्षमा गम्भीर भएको पाइदैन । जसले गर्दा दण्डहीनता बढिरहेको छ भने पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हनन्मा संलग्नले उन्मुक्ति पाइरहेका उल्लेख गरिएको छ ।
साथै नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइका अनुसार नेपालमा २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३६ जना पत्रकार मारिएका छन् भने ५ जना पत्रकार वेपत्ता पारिएको र मारिएका ३६ जना पत्रकारमध्ये ५ जना पत्रकारको हत्यामा संलग्नलाई कारबाही गरी पीडित पक्षलाई न्याय दिलाइएको छ भने अन्यको हकमा अझै प्रभावकारी ढंगले कानुनी कारबाही अघि बढ्न नसकेको जिकिर सहित वेपत्ता भएका ५ जना पत्रकारको अवस्थाका सन्दर्भमा पनि पीडित पक्षले न्याय पाउँन नसकेको उल्लेख गरिएको छ ।
यसैगरी पछिल्लो दश वर्षको अवधिमा १ हजार ८ सय ७ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरु भएका छन् । एकाध घटनाबाहेक अन्य घटनाका दोषीमाथि कुनै पनि कानुनी कारबाही नहुनुको साथै कतिपय घटनामा संलग्नको पहिचान हुँदा पनि दोषीलाई दण्ड दिने कामलाई प्रभावकारी ढंगबाट कार्यान्वयन नगरिदा पत्रकार तथा सञ्चारमाध्यममाथि हुने प्रेस स्वतन्त्रता हनन्का घटना बढेदो रहेको भन्दै पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गरी पीडित पक्षलाई न्याय तथा दोषीमाथि कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न एवं पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिलाउन महासंघले सरकारलगायत सम्बन्धित सबै पक्षसँग जोडदार माग गरेका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ प्रधानमन्त्री
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान