शुक्रबार, चैत्र १६, २०८०

हडिया रेगुलेटरलाई १० धुर जग्गा

काठमाडौं पुस २०, मेचीनगर १४ स्थित हडिया रेगुलेटर सिंचाइ जल उपभोक्ता संस्थाको कार्यालय प्रयोजनका लागि स्थानीय शंकर सुवेदीले सोही स्थानमा आफ्ना स्ग बुबाका नाममा १० धुर जग्गा उपलब्ध गराएका छन् । संस्थाको आफ्नै सचिवालय नभएकाले विभिन्न कार्य गर्न असहज भइरहेको अवस्थामा सुवेदीले उपलब्ध गराएको उक्त जग्गामा संस्थाको कार्यालय भवन निमार्ण गर्ने बताइएको छ ।

सुवेदीले उपलब्ध गराएको जग्गा सम्म जाने बाटो निमार्णका लागि स्थानीय चुडामणी सुवेदी र कृष्ण ओझा समेतले केही जग्गा उपलब्ध गराएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  भवन निमार्ण हुने भएपछि CMISP-AF कार्यक्रमका तर्फबाट केही रकम विनियोजन भएको छ भने उपभोक्ता सहित स्थानीय तहले पनि भवन निमार्ण कार्यमा सहयोग रहनेछ । दुइ तले पक्की सुविधा सम्पन्न सचिवालय भवन आगामी आर्थिक वर्ष भित्र निमार्ण गर्ने लक्ष्य लिइएको संस्थाका सचिव अनिल ढुंगानाले बताए ।

३५० हेक्टर भन्दा बढी जमिन सिंचित हुने आयोजनाबाट करिब ५०० घर कृषकहलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । स्थानीय स्तरमा आयोजनाको रेखदेखका लागि हडिया रेगुलेटर जल उपभोक्ता संस्था क्रीयाशील रहेको छ भने यसको मातहतमा विभिन्न ६ वटा कृषि सिंचाई समुहहरु गठन गरिएको छ । विभिन्न समयमा कृषकलाई तालिम दिन, गोष्ठि संचालन गर्न, मलबीऊको भण्डारण तथा वितरण गर्न र संस्थाको दैनिक गतिविधी संचालन गर्न भवन उपयोगी हुने अध्यक्ष शंकर पोखरेलले जनाए । एसियाली विकास बैंकको लगानीमा निमार्णधिन अयोजनाको निगरानी डिभिजन सिंचाई कार्यालय भद्रपुर मार्फत भइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।