शुक्रबार, बैशाख ७, २०८१

स्व बाँस्तोलाप्रति सभापति देउवाद्वारा श्रद्धाञ्जलि अर्पण

 काँग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौ असोज २८,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । बास्तोलाको पार्थिव शरीरमा सभापति देउवाले आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १३ः३० देखि १६ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा राखिएको थियो । मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बाँस्तोलाको शनिबार राति निधन भएको थियो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाङ्क कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत र डा प्रकाशशरण महत लागयतले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रम झलनाथ खनाल र महासचिव विष्णु पौडेल लगातयका नेताहरुले स्व।बाँस्तोलाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । स्व बास्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो छ । बास्तोलाका श्रीमती र दुई छोरी हुनुहुन्छ ।

 यसैवीच नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकले उहाँको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।