शुक्रबार, बैशाख ७, २०८१

स्वयम्भूस्थित ज्ञानमाला भजनघरमा आगलागी

काठमाडौं  पुस २९,   कामपा वडा न. १५ स्थित विश्व सम्पदा सूचीकृत रहेको स्वयम्भूस्थित ज्ञानमाला भजनघरमा शुक्रवार बेलुकी  भएको  आगलागी बाट  आगलागीबाट मानबीय क्षती नभए पनि  करिब रु ३० लाख  बराबरको  भौतिक क्षति भएको छ  ।  भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको जनाउँदै महानगरीय प्रहरी वृत्त स्वयम्भूले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिएका छन ।

आगलागी   काठमाडौं उपत्यकाभित्रका चारवटा दमकल र स्थानीय व्यक्ति  ,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सयुक्त प्रयासमा   नियन्त्रणमा लिइएको थियो ।    आगलागीभएको घटनाको खवर पाएसंगै त्यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्यद्दय अष्टलक्ष्मी शाक्य र राजेश शाक्य  घटनास्थल पुग्नुभएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु