शुक्रबार, चैत्र १६, २०८०

स्वयंसेवामुकल कार्यलाई मूलधारमा ल्याउन आग्रह

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०१८;
 काठमाडौं मसिंर १९ ,वर्तमान संघीय संरचनामा स्वयंसेवामुकल कार्यलाई मूलधारमा ल्याउन संयुक्त राष्ट्रसंघ नेपाल र साझेदार संस्थाहरूले नेपाल सरकारलाई आग्रह गरेका छन् । अन्र्तराष्ट्रिय स्वयंसेवक दिवस हरेक वर्ष डिसेम्बर ५ का दिन विश्वभरी नै विविध कार्यक्रमको आयोजना गरी मनाउँने क्रममा आयोजित कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

त्यस्तै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०१८ को अवसरमा राष्ट्रसंघका साझेदार संस्थाको सहयोग र नेपाल युवा संस्था सञ्जाल (आयोन)को सहकार्यमा सामुदायिक सबलीकरणमा स्वयंसेवक’ भन्ने नाराका साथ ७ ओटै प्रदेशमा मनाइएको स्वयंसेवक दिवसमा संयुक्त राष्ट्रसंघ स्वयंसेवक (युएनभी), संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसंघ जनसङ्ख्या कोष (युएनएफपीए), युएन वोमन, र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका कार्यालय साथै भिएसओ र ¥याले इन्टरनेशनलले प्राकृतिक विपद्का क्षति न्यूनिकरण र व्यवस्थापन, आर्थिक वृद्धि र राजनीतिक स्थीरता जस्ता विषयमा समुदायलाई सबल बनाउन स्वयंसेवकले खेल्नु पर्ने भूमीकाबारे विचार विमर्स गरिएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

त्यस क्रममा प्रदेश नंम्बर १ मा प्राकृतिक विपद्को क्षति न्यूनिकरणका लागि समुदायको क्षमता अभिवृद्धि, प्रदेश नम्बर २ मा प्राकृतिक विपदबाट हुने जोखिम न्यूनिकरण, प्रदेश नम्बर ३ मा विपद्पछिको व्यवस्थापन, लैङ्गीकताका आधारमा हुने हिँसा र महिला सशक्तिकरण, प्रदेश नम्बर ४ मा जलवायु परिवर्तनको असर, प्रदेश नम्बर ५ मा खानेपानीको जिम्मेवारपुर्ण उपभोग र व्यवस्थापन, प्रदेश नम्बर ६ मा आर्थिक सशक्तिकरण र उद्यमशीलतामा युवालाई प्रोत्साहन र प्रदेश नम्बर ७ मा लोकतान्त्रिक सहभागिता र सामाजिक एकता शीर्षकमा अभिमुखीकरण आयोजना गरिएको थियो ।

अभिमुखीकरणमा विद्यार्थी र स्वयंसेवकले सामुदायिक सबलीकरण र विपद् जोखिक न्यूनिकरणका लागि कसरी स्वयंसेवक परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी समुदाय स्तरमा काम गरिरहेका स्वयंसेवकले स्वयंसेवाको महत्वबारे आफ्ना अनुभव आदानप्रदान गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।