शुक्रबार, चैत्र १६, २०८०

स्वदेशको जागिर खाएर बिदेशमा बस्ने जुनसुकै कर्मचारीलाई नछाड्ने :मन्त्री पण्डित

काठमाडौं चैत ६ , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने र स्वदेशको जागिर खाएर बिदेशमा बस्ने जुनसुकै कर्मचारीलाई नछाड्ने बताउनुभएको छ ।

विश्व सामाजिक दिवसका अबसरमा सोमवार काठमाडौं स्थित पेन्टागन कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री पण्डितले कर्मचारी खटाएको देशको जुन सुकै भुभागमा समेत जान तयार हुनुपर्ने बताउनुभएको छ ।

आफूले नयाँ मन्त्रालय सम्हाल्नसाथ त्यस्ता ब्यतिथी उपर काम सुचारु गरेको भन्नु हुदै उहाँले कसैको आसेपासे र राजनितीक पूर्वाग्रहमा नरहि त्यस्ता नियमहरु कार्यन्वयन गर्ने उहाँले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।