शुक्रबार, चैत्र १६, २०८०

स्वतन्त्र मधेश गठबन्धन राष्ट्रिय परिषद् बैठकको निष्कर्ष : गठबन्धन जनमत पार्टीमा परिवर्तन  

  फागुन २४ गते भएको ११ बूँदे सहमति ऐतिहासिक तथा अभूतपूर्व उपलब्धि

काठमाडौं चैत ४,  स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत समूूहको सिरहाको लहानमा सम्पन्न राष्ट्रिय परिषद्को बैठकले स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा फागुन २४ गते भएको ११ बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको भन्दै प्रस्तुत सहमतिको स्वागत गरेको छ ।

त्यस्तै आज सम्पन्न राष्ट्रिय परिषद्को भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय सहित स्वतन्त्र मधेश गठबन्धनको नाम परिवर्तन गरि जनमत पार्टी राख्ने निर्णय सहित पार्टी दर्ताको लागि विधिवत कार्यारम्भ गर्ने निर्णय गरेको छ । पार्टीका संयोजक समेत रहेका सिके राउतले विभिन्न जिल्लाबाट आएका १ सय ५० भन्दा बढी प्रतिनिधिको सहभागितामा सम्पन्न बैठकले गरको  निर्णय आफनो फेसबुकमार्फत सार्वजनिक गरेको हो ।

सार्वजनिक निर्णयमा प्रस्तावित पार्टीको झण्डामा क्रमश रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का स्ट्रीप  बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल अंकित गर्ने गोलाकार बनाउँने निर्णय समेत गरेको छ भने पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ । त्यस्तै केन्द्रीय परिषदको बैठकले प्रस्ताििवत पार्टीको लागि ३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गर्नुको गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिने जनाएको छ।

३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समितिको राष्ट्रिय अध्यक्षमा सिके राउत तथा केन्द्रिय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह(महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा(सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्ला), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड(नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी(कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको उल्लेख गरिएको छ। त्यस्तै सरकारसंग भएको सहमतिलाई कार्यान्वयनमा ल्याउँदै आफ्ना समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय समेत भेलाले गरेको छ ।

जनमत पार्टी” को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता सहित सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ(संगठनलाई सहयोग तथा सहकार्यका लागि केन्द्रीय सदस्य अब्दुल खानद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।