शुक्रबार, बैशाख १४, २०८१

स्यस्यः (श्रेष्ठ) समाजको शुभकामना आदानप्रदान कार्यक्रम

12205082_10203528325007446_963859972_nकाठमाडौं कात्तिक २१,स्यस्यः(श्रेष्ठ)  समाज काठमाडौंले शुक्रवार राजधानीमा नेपाल संवत ११३६ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको 12212494_10203528324967445_419391698_nछ ।  नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सम्पन्न उक्त कार्यक्रममा राप्रपा नेपालका नेता राजाराम श्रेष्ठ समाजका अध्यक्ष सुरेशमान श्रेष्ठ लगायतका वक्तहरुले नेवारी रितिरिवाज र परम्पराको सम्बन्धमा बोल्नु भएको थियो ।

यसअघि समाजको मंगलवार सम्पन्न छैठौं साधारण सभाले सुरेशमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।नव-निर्वार्चित कार्यसमितिको उपाध्यक्षत्रय,महासचिव,सचिव  कोषाध्यक्ष,सह कोषाध्यक्षमा क्रमस सौजन्यकुमार जोशी, दानदास श्रेष्ठ राममान श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, विष्णुराज श्रेष्ठ र प्रकाश श्रेष्ठ व सह कोषाध्यक्षय् कुमार श्रेष्ठ रहेका छन । त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा सरोज राजभण्डारी, सुनिलकृष्ण श्रेष्ठ, भागवतकृष्ण श्रेष्ठ, विकासमान श्रेष्ठ र मञ्जरी श्रेष्ठ प्रधान रहेको जानकारी दिइएको थियो ।

(श्रेष्ठ-समाजका नवनिर्वार्चित अध्यक्ष सुरेशमान श्रेष्ठ )