शनिबार, बैशाख ८, २०८१

स्थापना दिवसको अवसरमा अपाङ्ग बालबालिकाहरुलाई इजरायली “व्हिलचियर

काठमाडौं साउन १ ,  सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि नेपालको विकास कार्य, विशेष गरी मानवश्रोतको दक्षता विकासमा सहयोग गर्दै आएका इजरायलले आफ्नो स्थापनाको ७० वर्ष र मसाभ ९इजरायली परराष्ट्र मन्त्रालयको अन्तराष्ट्र्रिय सहयोग निकाय मसाभ स्थापनाको ६० बर्ष आज एक कार्यक्रमकावीच मनाएका छन ।

इजरायली राजदूतावासले यसवर्ष स्वतन्त्रता दिवस मनाउन छुट्याइएको रकम अपाङ्ग बालबालिकाहरुको हिंडडुलमा पहुँच र आत्मनिर्भरता बृद्धि गरी जीवनमा सहजता ल्याउने विशेष कार्यमा खर्च गर्ने नितिगत निर्णय सहित लायन्स क्लब काठमाडौं क्यापिटल डिस्ट्रिक्ट ३२५–ए२ र करुणा फाउन्डेसन नेपालको हातेमालोमा अपाङ्ग बालबालिकाहरुको लागि तयार पारिएको ४० वटा इजरायली “व्हिलचियर अफ होप” बालबालिकाहरुलाई वितरण गरिएको थियो ।

प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजना गरेको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले दुई देशबीच सम्बन्ध स्थापना कालदेखि नै नेपालको सामाजिक–आर्थिक विकासमा इजरायल सरकारद्वारा निरन्तर प्राप्त सहायताको सराहना गर्दै अपाङ्ग बालबालिकाहरुलाई वितरण गरिएको व्हिलचियरहरुले हिडडुल गर्ने सहज हुने बताउनु भएको छ ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले यस्तो मानवीय कार्यमा राजदूतावासले केही सहयोग गर्न सके कोमा सन्तुष्टि व्यक्त गर्दै उहाँले भविष्यमा पनि यस्ता मानवीय कार्यहरुमा इजरायली राजदूतावासले सहायोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै लायन्स क्लव ईण्ट्रन्यासनल डिस्ट्रिक्ट ३२५–ए२ का डिस्ट्रिक्ट गभर्नर लायन सुदर्शनधर प्रधानाङ्गले सन् १९१७ मा “हामी सेवा गर्छौ” भन्ने मूल नारा सहित स्थापना भएको लायन्स क्लव ईण्टरनेशनलले विश्वभर २०४ देशहरुमा रहेका आफ्ना  १४ लाख सदस्यहरुमार्फत जनताहरुलाई सेवा प्रदान गर्दै आएको बताउनु भएको उक्त कार्यक्रममा रुणा फाउण्डेशन नेपालका उपाध्याक्ष प्रा।डा। भगवान कोइरालाले बालबालिकाहरु अपाङ्ग हुनबाट बचाउन, अपाङ्ग बालबालिका तथा वयस्क र तिनका परिवारहरुको जीवनस्तरमा सुधार गर्न लक्षित फाउण्डेशनका कार्यक्रमहरुबारे प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।