शुक्रबार, चैत्र १६, २०८०

स्थानेश्वर राष्ट्रिय प्रतिभा पुरस्कार पत्रकार थुम्केली

 काठमाडौं कार्तिक २९,  कला पत्रकार देवेन्द्र थुम्केली स्थानेश्वर राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

दुई दशकदेखि विभिन्न राष्ट्रिय साप्ताहि दैनिक लगायतका पत्रिकामा कला पत्रकारका साथै व्यङ्ग्यचित्रकारका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सम्मानमा उहाँलाइ रु ११ हजार १११ सहित राशीको उक्त पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले सम्मान गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा भेषविन्दु साहित्य पुरस्कार साहित्यकार देवेन्द्र लम्साललाइ र भेषराज सम्मान सूर्यप्रसाद डुमेलाइ प्रदान गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।