बिहिबार, चैत्र १५, २०८०

स्थानीय निकायका ३ वटा सङ्घवीच एकाकार हुँदै

काठमाडौ चैत २४, स्थानीय निकायमा क्रियाशील पेसाकर्मीको आधिकारिक सङ्घ क्रमस गाविस कर्मचारी सङ्घ, नेपाल नगरपालिका एसोसिएसन र कर्मचारी सङ्घवीच एकाकार हुने भएको छ । स्थानीय निकायको सेवा प्रवाहलाई व्यवस्थापन गर्न र समग्र कर्मचारीको विद्यमान पेसागत समस्यालाई समेत समाधान गर्न सकिने भन्दै ३वटा सङ्घवीच एकाकार हुन लागेको आज जारी संयुक्तरुपमा विज्ञप्ति उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा एकीकरण प्रक्रियालाई मूर्तरुप दिनका लागि ३वटै सङ्गठनका पदाधिकारी सम्मिलित २५ सदस्यीय कार्यदलसमेत गठन गरेको र केहि समय पछिनै एकताको महाधिवेशनको तयारी समेत भएको जनाउँदै प्रस्तुत मुद्धामा छलफल गर्नकै लागि स्थानीय निकाय कर्मचारी सङ्घको आसन्न चैत २५ र २६ गतेको पूर्व निर्धारित चौँथो राष्ट्रिय महाधिवेशन समेत हाल स्थगित भएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।