मङ्लबार, बैशाख ११, २०८१

स्थानीय तहलाई संघीय सरकारले सहयोग गर्नुपर्नेमा जोड्

भक्तपुर फागुन १८,  स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहका देखिएका समस्याको समाधानका लागि केन्द्र सरकारले पहल गर्नुपर्ने बताएका छन ।  रफत सञ्चार क्बल आज आज आयोजित गरेको साक्षत्कार कार्यक्रममा स्थानीय तहका जनप्रनिधिहिरुले संविधानले स्थानीय तहलाई पर्याप्त अधिकार प्रदान गरे पनि कर्मचारी र कानूनको अभावमा अझै पनि सोचे जत्तिको काम गर्न नसकिएको गुनासो गरे ।

जिल्ला समन्वय समिति महासंघका प्रवक्ता नवराज गेलालले संविधानले जिल्ला समन्वय समितिलाई जिल्ला भएका स्थानीय तहको अनुगमन, मूल्याकन र निरिक्षण गर्ने अधिकार प्रदान गरेको उनले बताए ।  उनले कतिपय जिल्ला समन्वय समितिको काम गर्न प्रदेश कानुनको आवश्यक्ता हुने भएकाले प्रदेश कानुन छिटो निर्माण हुनुपर्नेमा जोड दिए ।

नेपाल नगरपालिका संघका संयोजक अशोक ब्यञ्जुले स्थानीय तहमा कर्मचारीकै अभावका सोचे जत्तिको काम गर्न नसकिएको स्पष्ट गरे । तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले पनि कतिपय स्थानीय तहका नगरसभा बस्दै गरेको र उक्त नगरसभाले कानून निर्माण गरेर काम गर्ने बताए ।  कुनै पनि नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति प्रमुखहरुले हस्तक्षेप नगरेको दाबी गर्दै केही नगरपालिकामा कानुन छ न्यायीक समिति छैन त कुनै नगरपालिकामा न्यायीक समिति बने पनि कानून निर्माण नभएको उनले बताए । अहिलेका स्थानीय तह नयाँ भएकाले क्रमिक रुपमा विकास हुँदै जाने उनको भनाइ छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।