शुक्रबार, चैत्र १६, २०८०

सोमबार सत्तारुढदल दल नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौ माघ २० , सत्तारुढदल दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बस्ने गरि वोलाईएको बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने बताईएको छ ।

त्यस्तै पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि गत पुस १२ गतेको बैठकको निर्णय अनुसार गठित नौ सदस्यीय कार्यदलको प्रतिवेदनको प्रारम्भिक प्रतिवेदनका सवालमा समेत बैठक केन्द्रीत हुँने जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।