शुक्रबार, बैशाख १४, २०८१

सोमबार उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा कम मापन ,तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने पूर्वानुमान

उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं मंसिर २४, काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै सोमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाकाले सोमबार उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा कम मापन गरिएको जानकारी दिदै आज उपत्यकासहित देशभर चिसो बढेको जनाएको छ ।
महाशाखाका अनुसार सोमबार काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री सेल्सियस रहेको र यसरी तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने पूर्वानुमान गरिएको जनाएको छ ।

त्यस्तै केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गर्दै सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम माइनसमा झरेको विराटनगरको न्यूनतम् तापक्रम १०।४ डिग्री सेल्सियस र अधिकतम् तापक्रम २८.५ डिग्री मापन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।