धर्मेन्द्र कुमार यादव
गौशाला कार्तिक २, भूत मेलाका लागि प्रख्यात महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा एक दर्जन दर्शनार्थीको सुन लुटिएको छ । जिल्लाको औरही नगरपालिका–७ मा पर्ने सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा आज मात्रै सातजना महिलाको सुन लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताए । विहिवार सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा औरही–७ कै शिवशङ्कर ठाकुरकी पत्नी उमादेवी ठाकुरको दुई तोलाको सुनको सिक्री लुटिएको छ भने सोही वडाका वडाध्यक्ष गणेश यादवकी बहिनीको पनि मङ्गलसुत्र लुटिएको छ । त्यस्तै आजै अन्य पाँचको गरी जम्मा सातजनाको सुनको सिक्री र मङ्गलसुत्र लुटिएको जनाइएको छ ।
त्यसैगरी सोनामाई मन्दिरमा बुधबार पनि दर्शन गर्ने क्रममा पाँचजनाको सुनका गरगहना लुटिएको स्थानीयवासी सुरेश ठाकुरले बताए । उनले नेपालीसहित केही भारतीय दर्शनार्थीको पनि सुनका गरगहना लुटिएको बताए । महिलाको मात्रै गलामा रहेका सुनका सिक्री र मङ्गलसुत्र लुटिएको छ भने यसै क्रममा मङ्गलसुत्र लुटिएको एक भारतीय महिला मन्दिर परिसरमै निकै रोइरहेको भेटिएको छ । देवी मन्दिरमा दर्शनका क्रममा दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीसँग सोध्दा उनले आफूलाई यस सम्बन्धमा कसैले केही जानकारी नगराएको बताए ।
मन्दिरमा आज भीडभाडका बीच सातजनाको सुन लुटिएपछि ठूलो हल्लाखल्ला भएपछि सुन लुट्नेमध्येका एकजनालाई स्थानीयवासीले पक्राउ गरेका छन् भने उनको नाम गोप्य राखिनाका साथै प्रहरीको जिम्मा पनि नलगाएको स्थानीयवासी ठाकुरले आरोप लगाए । दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सोनामाई मन्दिरमा प्रहरीको उपस्थित रहँदा पनि प्रहरीले केही गर्न नसकेको सर्वसाधारण र मेला भर्न आएका नेपाली तथा भारतीय दर्शनार्थीले गुनासो गरेका छन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- कतारका राजा शेख तमिम नेपालको दुईदिने राजकीय भ्रमणमा,मंगलवार सार्वजनिक बिदा
- जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छः प्रधानमन्त्री
- नेकपा एमालेले आज हीरक महोत्सवको आयोजना गर्दै
- एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक: १५ बुँदे प्रस्ताव पारित
- मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नाउपाका लक्ष्मण किशोर सर्वोच्चमा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान