शुक्रबार, चैत्र १६, २०८०

सैनिक शासनको कामना गर्दै भद्रकालीमा पाञ्चायन पूजा

काठमाडौं पुस २५ , बर्दिया गुलरिया न.पा. ६ घर भइ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, बस्ने र आफुलाइ स्वतन्त्र नेपाली नागरिक बताउँने राकेश कुमार शर्माले राजधानीको भद्रकाली मन्दिर प्रवेश मार्गमा मुलुकको राष्ट्रिय स्वाधिनताको लागि सैनिक शासनको आवश्यकता रहेको र यसको लागि  कालीमन्दिरमा पाञ्चायन पूजा गरेको जनाउ दिएका छन ।

त्यस्तै शर्माले निहित स्वार्थका लागि मुलुकमा संघीयताको विजारोपण गरिएको र यो केवल मन्त्री प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुखका लागि मात्र ल्याइएका कारण संघीयता आफैमा मुलुकको लागि घातक रहेको बताउँदै उसले सम्पूर्ण नेपालीको कल्याण गर्न नसक्ने बताएका छन ।

त्यस्तै पण्डित उमानन्द भट्टराइ सहित पाञ्चायन पूजामा व्यस्त शर्माले नेताहरुले मुलुकमा सक्रमणकालको समापन भएको बताएपनि २०५२ साल देखि जारी सक्तमणकाल आजको मिति सम्म पनि जारिनै रहेको बताए । त्यस्तै पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए । अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पार्न उद्यत रहेको भन्दै मुलुकका राजनीतिक दलका नेताका कारण राष्ट्रको भविष्य धरापमा परेको यसलाइ जोगाउँन नेपाली सेनामात्र सक्षम रहेको बताए । साथै शर्माले सेनाको जागरणका लागि आफ्ले पाञ्चायन पुजा गरेको बताए ।

हेर्दा मानसिक सन्तुलन ठिकै रहेको देखिने शर्माले अगाडि भने मुलुकमा दण्डहिनताको अन्त्य गर्न, मनपरितन्त्र र छाडातन्त्र आदि निर्मुलको लागि त्यस्तै राष्ट्रलाई अनिर्णयको बन्दी बनाई राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउनेहरुबाट देशलाइ जोगाइ देउ हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाइदिन आग्रह गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।