शुक्रबार, बैशाख १४, २०८१

सैनिक विमान दुर्घटना, २५० को मृत्यु

समाचार एजेन्सी चैत २८,  बुधबार अल्जेरियाको राजधानी अल्जियर्समा रहेको बौफरिक सैन्य विमानस्थलनजिक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ ।

बीबीसीकाअनुसार बौफरिक सैन्य विमानस्थलबाट उडान भरेको केही समयमै विमान दुर्घटना भएको जनाउँदै के कति कारणले दुर्घटना भएको हो सोका कारण खुल्न बाँकी रहेको जनाएको छ ।

त्यस्तै मृतकको संख्या सम्बन्धमा अहिलेसम्म सरकारी औपचारिक सूचना सार्वजनिक नगरिएपनि  सैन्य प्रमुखले दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको त्यहाँको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।