शुक्रबार, बैशाख १४, २०८१

सेती अञ्चल अस्पतालमा अख्तियारको छापा

 धनगढी पौष २२, सेती अञ्चल अस्पताल धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले आज छापा मारी महत्वपूर्ण कागजात सेती अञ्चल अस्पताल  नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख शिवराज कोइरालाको नेतृत्वको टोलीले अञ्चल अस्पतालमा भएको अनियमितताका विषयमा परेको लिखित उजुरीका आधारमा छापा मारी  फाइल नियन्त्रणमा लिएको हो । कोइरालाले अस्पतालको भवन रङरोगन गर्दा अनियमितता भएको र आवश्कताभन्दा बढी कर्मचारी प्रक्रिया नपु-याई भर्ना गरिएको उजुरी परेकाले अनुसन्धानका लागि फाइल नियन्त्रणमा लिइएको बुझिएको छ ।