शनिबार, बैशाख ८, २०८१

सूर्यमुखीको प्रेमकथा..

सुनौला केशराशीका उज्याला मुहारहरू
ति मध्ये रुपशी एक कुमारी लजालु
छितिजको ढोका घरक्क खोल्छ रबि
उन्कै बिश्वासमा ढकमक्क फूल्छ सूर्यमुखी
छन भंवराहरु ति फूलमाथि झुम्छन

पुतलीका पंखहरू उनैमाथि खुल्छन
माया हो अमूल्य घामले बुझ्दैन
चौतारी छ साझा तर,  घामले कुर्दैन
आयो गयो संधै झैं जे जे छन त्यहिं छन
केहि बद्लिंदैन जे जे छन सहि छन

आफ्ऩै परिधिमा मा नि छैन कूनै सुबासना
चाहेर नि सगर चुम्न पुग्दैन साधना
हुरिले उडायो फूल यता म सेरिएछु
अन्त्यमा फूलको पिडाले म पो घेरिएछु…………

किरन कार्जित
सितापाइला