मङ्लबार, बैशाख ११, २०८१

सूचना आयुक्त पोखरेलले भने- सूचनाका लाागि हरेक नागरिक सचेत बन्नुपर्छ

काठमाडौं असोज ७, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले गणतन्त्रको सुन्दर पक्ष भनेको नै सूचनाको सम्प्रेषण भएकाले हरेक सरकारी र सार्वजनिक निकायले जनसरोकारका सूचना समयमानै सार्वजनिक गर्नु पर्ने बताउँनु भएको छ ।  पत्रकार महासंघ उपत्यका प्रदेश समितिले राजधानीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा वोल्दै उहाँले सूचनाको मागकर्ता सम्प्रेषणकर्ता र आयोग सवै उत्तिकै जिम्मेवार भइ यसको कार्यान्वयनमा लाग्नुपर्नेमा विशेष जोड दिनु भएको छ । साथै सूचनाको सवालमा सरोकारवाला निकायले भ्रष्टाचार लगायतका यावत विकृतिपूर्ण कामकारवाहीको सूचना दिन आनाकानी गर्ने भएकाले यस्तो सूचना लिन सर्वसाधारण जागरुग एवम् सचेत हुनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममामा पत्रकार महासंघ केन्द्रीय समितिका कोषाध्यक्ष राजेश मिश्रले सूचना आयोग गठन नभएको भए सूचना प्राप्त गर्न कठिन हुनेजनाउ दिदै मुलुकको परिवर्तित पछिल्लो संघीय संरचना अनुरुप आयोगलाइ प्रदेश तथा स्थानीयतहमा विस्तारित गर्नुपर्नेमा जोड दिदै जनताले पाउँन पर्ने सूचनाको हकलाइ अझ प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष एनके दाहालले सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको हुनाले सूचना पनि धेरैभन्दा धेरै गाउँमानै हुने बताउँदै त्यसको लागि पत्रकार मात्र नभइ आम जनता जागरुक हुनपर्ने बताए ।

कार्यक्रमममा उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले आयोगले चलाउन लागेको सूचनाको हक महाअभियानलाइ प्रत्येक नागरिकको घर दैलोमा पुयाउँन र यसलाइ सफल पार्न सूचनाका संवाहक पत्रकार र जनतावीच सहकार्य आवश्यक रहेको बताउँदै सूचना प्राप्तिको प्रक्रियालाइ सहज बनाउँनु पर्ने बताउँनु भएको उक्त कार्यक्रममा पत्रकार महासंघ उपत्यका प्रदेश अन्र्तगतका अन्र्तगत जिल्ला शाखाका प्रतिनिधी लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।