शुक्रबार, बैशाख ७, २०८१

सुशासन ऐनको धज्जी उडाउँदै मन्त्रिपरिषद्का २५० भन्दा बढी निर्णय गुपचुप’

काठमाडौ फागुन ८, अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो।  शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन। तीमध्ये १०९१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको हो।

मुख्यसचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद्को निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताए। ‘मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने काम बैठक र सूचना शाखाको हो, किन भएन म गम्भीरतापूर्वक सोधीखोजी गर्छु’, उनले भने। मुख्यसचिव रेग्मीले केही समयदेखि आफू अलि बढी व्यस्त हुनुपरेकाले त्यससम्बन्धमा जानकारी लिन नपाएको बताए।

बैठक शाखाका सचिव बुद्धिबहादुर खड्काले भने सरकारका विभिन्न निर्णय एकीकृत गर्ने काम भइरहेको र अब दुुई९तीन दिनभित्रै सबै निर्णय वेबसाइटमा राख्ने तयारी गरिएको दाबी गरे। बैठक र सूचना शाखाका अन्य निजामती कर्मचारीलाई यस विषयमा जिज्ञासा राख्दा माथिबाट नबोल्ने आदेश छ भन्दै तर्कने गरेका छन्। जबकि यसअघि मन्त्रिपरिषद्का निर्णय दुई९तीनभित्र वेबसाइटमा सार्वजनिक भइसक्थ्यो। प्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको हो।

प्रधानमन्त्री कार्यालयले २५ मंसिरयता भएका कुनै पनि निर्णय वेबसाइटमा नराखेर सुशासन ऐनको समेत धज्जी उडाएको छ। सुशासन ऐनको दफा ६ मा प्रशासनिक कार्य सञ्चालनका प्रमुख आधारमध्ये पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता र इमानदारी उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयका कर्मचारीले पारदर्शिता र जवाफदेहितालाई कुल्चँदै मन्त्रिपरिषद्का निर्णय गोप्य राखेका हुन्।

सरकारले यसै अवधिमा प्रदेश प्रमुख नियुक्ति गर्नुका साथै प्रदेशको अस्थायी मुकाम तोकेको थियो भने वृद्धभत्ताको उमेर घटाएर ७० वाट ६५ मा झारेको थियो। यसैगरी मिर्गौला, क्यान्सर र पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने निर्णय भएको थियो। यी लोकप्रिय हुने खालका निर्णय सरकारका तत्कालीन सञ्चारमन्त्री तथा प्रवक्ता मोहनबहादुर बस्नेतले मन्त्रिपरिषद् बैठकपछि नै सञ्चारकर्मीलाई जानकारी गराएका थिए तर अन्य निर्णय अझै गोप्य राखिएको छ। अन्नपूर्णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031