शुक्रबार, चैत्र १६, २०८०

सुन्दरीलाई ड्राइभरले भगाए पछी (भिडियोसहित)

काठमाडौ कार्तिक २५ , गायिका योजना पुरीको नयाँ गीत भगायो ड्राइभरले को भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीत निकाल्न सिपालु गायिका तथा सञ्चारकर्मी सञ्चारकर्मी योजनाले प्रस्तुत भिडियोमा आफ्नो वैँशालु उमेरमा डाक्टर पाइलटका विषयमा सोच्ने युवतीलाई ड्राइभरले भगाएको कुरालाई जिवन्त शैलीमा उठाइएको छ ।

भिडियोमा अभिनयमा मोडल रोजीलाई सुमनले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगीत संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् भने ख्याम थापा मगरले छायांकन गरेका हुन् ।