शुक्रबार, बैशाख १४, २०८१

सुनिए नविन प्यासी

काठमाडौ चैत १७ , हातेमालो साहित्य संगमको आयोजनामा सम्पन्न कार्यक्रम “शाब्दिक सभारम्भ”मा युवा पुस्ताका चर्चित कवि नविन प्यासीले आफ्नो कविताहरु वाचन गर्नु भएको छ । कार्यक्रममा कवि प्यासीले देशभक्ति, गरिवी, शृंगारीक, प्रेमिल भाव बोकेका कविताहरु वाचन गर्नु भएको थियो ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णु विभु घिमिरे र साहित्यकार सुधिर ख्यावीको आतिथ्यामा सम्पन्न उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै उपकुलपति घिमिरेले कवि प्यासीको प्रत्येक कविता उतिकै सशक्तरहेको भन्दै प्यासी जस्ता युवा कविहरु नै नेपाली साहित्यको भविष्य भएको धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मुक्तककार एंव हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले हातेमालो साहित्य संगमले नेपाली साहित्यको उत्थानका लागि प्रत्येक महिना फरक किसिमका कार्यक्रम गर्दै आएको अब आउँदो महिनाको कार्यक्रम आख्यानको कार्यक्रम हुने जनाउ दिनु भएको उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुले समेत आफ्नो रचना वाचन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।