शनिबार, बैशाख ८, २०८१

सिम्रिकको बार्षिकोत्सवमा पत्रकारसहित आठ जनालाई सम्मान

बिर्तामोड माघ २४,  झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ ।  कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, जिल्ला ट्राफिक कार्यालयका झापाका प्रमुख राजेश राई, वर्ष उत्कृष्ट कर्मचारी विमला न्यौपाने, यमबहादुर बिष्ट, उत्कृष्ट सेवाकेन्द्र धुलाबारी लघुवित्त सेवाकेन्द्र, सुरुङ्गा सेवाकेन्द्र लगायतलाई नगदसहित सम्मान गरिएको थियो ।

संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीलाई, बिशेष सम्मान गरिएको थियो । सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्कालाई समेत स्वागत गरिएको थियो । स्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संस्थाका सञ्चालक समिति सदस्य इन्द्रबहादुर कार्कीले गरेका थिए ।

कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत, महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, समाजसेवी राजकुमार पोखरेल, बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, जिल्ला बचत संघका सहसचिव उपेन्द्र ओली, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले शुभकामना मन्तव्य अभिव्यक्त गर्नु भएको उक्त कार्यक्रममा  संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले औचित्यमाथि प्रकाश पारेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।