शुक्रबार, चैत्र १६, २०८०

सिन्दूर जात्रासंगै सकियो चन्द्रविनायकको जात्रा

काठमाडौं मंसिर ११,  प्रत्येक वर्ष कार्तिक शुल्क पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन मनाइने अर्थातगत मंसिर ७ गतेबाट उपत्यकामा रहेका चार विनायकमध्ये चाबाहिलमा रहेको चन्द्रविनायक तथा भैरव जात्रा  चाबाहिल क्षेत्रमा  मनाइएको छ ।

नेस ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुवात् गराएको मानिने यो जात्रा मनाउँने क्रममा पहिलो दिन देउता राख्ने धुनी जगाउने, दोस्रो दिन देउता निकाल्ने र खट उठाउने, तेस्रो दिन खट विसाउने र चौथो दिन खट उठाइ सिन्दुर जात्रा गरेर मनाइने क्रममा दिनभर चावहिल क्षेत्रमा   सिन्दूर  जात्रा गरिएको  थियो  । जात्राको क्रममा भैरव र गणेशको दर्शन गर्नाले शरीरमा आएका घाउ खटिरा निको हुने विश्वास रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।