शुक्रबार, चैत्र १६, २०८०

सिद्धि सेवा आश्रममा हामी सक्षम र जागरुक युथले मनाए मातातिर्थ औशी

काठमाडौं बैशाख ३ , आज मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा आज वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइने गरिन्छ ।

यसैक्रममा आज भन्दा ५ वर्ष अघि युवाहरुको सामुहिक प्रयासमा   सामाजीक सञ्जाल मार्फत एकाकार भएका युवा समूह हामी सक्षम नेपाली र जागरुक थुथ नेपालको संयुक्त , सहकार्यमा राजधानीको टेकु पचली भैरवस्थित सिद्धि सेवा आश्रममा आश्रित आमाहरुलाइ मिठाइ लत्ताकपडा वितरण गर्दै मातातीर्थ औंशी मनाएका छन ।

स्थापनाकाल देखिनै विभिन्न सामाजीक सेवाभावका काम गर्दै आएको प्रस्तुत समूहले यसअघि पनि विभिन्न कार्यक्रमको आयोजना गर्दैआएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।