बिहिबार, चैत्र १५, २०८०

सिटिजन लाइफको शाखा विस्तार

काठमाडौं मंसिर २५ , सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री प्रदीपजंग पाण्डेज्यूले शाखाको उद्घाटन गर्नु भएको हो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । २०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभरी फैलिएका आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले यस अघिनै ब्राण्ड एम्बेसडरको रुपमा ूमहजोडीू लाई अनुबन्धीत गरिसकेको छ ।
अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु. १.७५ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्व साधारणको लागी शेयर जारी गरी चुक्ता पुंजी रु.२.५० अर्ब पुर्याउने जनाएको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।