शनिबार, चैत्र १७, २०८०

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध

 काठमाडौ बैशाख २७ ,  मुलुकको प्रशासनिक क्षेत्र सिंहदरबार परिसरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी रुपमा सोको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन गरिएको निर्णयसंगै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले आफ्नो मन्त्रालय परिसरमा यसअघि नै सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाई त्यसको प्रभावकारी कार्यान्वयन गर्दै आएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।