शनिबार, बैशाख ८, २०८१

साहित्यकार शाहको स्मृतिसभा

काठमाडौं पुस ६ , साहित्यकार प्रेमा शाहको वार्षिक पुण्य तीथिको अवसरमा विहिवार राजधानीमा सम्झना गरीएको छ। राजधानिस्थत होटल अन्नपुर्णमा उनकी छोरी तथा अभिनेत्री जल शाहले आयोजना गरेको कार्यक्रममा उनको सम्झना गरीएको हो।  समारोहमा उनकी नातीनी कलश रिमाल, ज्वाई शरदकुमार रिमालको साथमा विभिन्न साहित्यकारहरुले उनको तस्विरमा माल्र्यापण गर्दै एक मिनेट मौन धारण गरेका थिए। आफ्नी आमाको सम्झनामा अभिनेत्री जल भावविह्वल हुन पुगेकी थिईन भने उपस्थित व्यक्तिहरुले पनि आसु रोक्न सकेका थिएनन्। कार्यक्रमलाई सम्झने क्रममा जल भक्कानिएर एक मिनेट पनि बोल्न सकिनन्। स्ट्रङ हुन्छु भन्ठानेको थिएँ, सकिन उनले भनिन्।

कार्यक्रममा प्रेमाको जीवनीमा आधारित एक अडीयो भिडियो प्रस्तुत गरीएको थियो। जसमा उनलाई नजिकबाट जान्ने विभिन्न व्यक्तित्वहरुले उनको बारेमा बोलेका थिए।  त्यसक्रममा  साहित्यकार नरेन्द्रराज प्रसाई  ले २००१ सालमा विरगंजको श्रीपुरमा जन्मेकी प्रेमा आऊ मलाई सम्भोग गर कविता लेखेपछि सशक्तरुपमा नेपाली साहित्यमा उदाएकी थिईन भने एउटै सम्भोग नामक कथा लेखेपश्चात उनको चर्चा चुलिएको बर्ता  । त्यस्तै गरि प्राध्यापक डा। वासुदेव त्रिपाठी  ,  साहित्यकार डा. महादेव अवस्थि , निर्देशक तथा गीतकार यादव खरेल  साहित्यकार डा ध्रुवचन्द्र गौतम  ,भाइ  सुवर्ण श्रेत्री संगै उनकी नातीनी कलश रिमालले भावविह्व हुदै आफ्नी हजुर आमाले आफुलाई निकै माया गर्ने र आफु नेपाल आउँदा हजुरआमा अमेरीकामा भएको र आफु अमेरिकामा हुदा नेपालमा भएको जस्तो लाग्ने बताईन्। मलाई उहाको बारेमा किताब लेख्न मन छ। मैले एक पटक उहाँको पहेलो गुलाब कपी गरेर नीलो गुलाब लेख्न खोजेको पनि थिए। लास्ट टाईम हस्पिटलमा भेट्दा म तिम्रो काखमा मर्न चाहन्छु भन्नु भएको थियो। आमालाई नदेखेको मात्र हो तर यहि हुनुहुन्छ जस्तो लाग्छ। उनले यसो भनीरहेको भीडीयो हेर्दा सबैको आखा आसुले भरीएका थिए। एउटी अवोध बालिकाबाट आएका भावनाले हल आंशुमय हुन पुगेको थियो।

 कथा संग्रह पहेलो गुलाब, विषायान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बाल कथाहरु मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, ईन्द्र धनु्ष, रंगीचंगी कथाहरु, राम्रो काम लेखेकी प्र्रेमाका बाल उपन्यासहरु मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गिती संग्रह भाग १ र २ आदी   कृति   प्रकाशित  रहेका  छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।