शनिबार, बैशाख ८, २०८१

सासंद श्रेष्ठले महानगर प्रमुखप्रति कटाक्ष गर्दै भने -महानगरले फोहर व्यवस्थापन गर्न सकेन

 काठमाडौ असोज २७,  नेकपा–१४ बल्खुले आयोजना गरेको सरसफाइ कार्यक्रमको सुभारम्भ गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् काठमाडौ निर्वाचन क्षेत्र न ९ बाट संघीय संसदका सदस्य समेत रहेका कृष्णगोपाल श्रेष्ठले काठमाडौ महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेको बताउनुभएको छ ।

सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै सासंद श्रेष्ठले आफ्नै पार्टीको तर्फबाट निर्वाचित महानगर प्रमुख विद्यासुन्दर शाक्यप्रति कटाक्ष गर्दै स्वस्थ्य सफा र स्वच्छ वातावरण सहितको समाज निर्माणमा काठमाडौ महानगरले निर्वाह गर्दै आएको सक्रियता आफैमा प्रभावकारी हुन नसकेको जनाउ सहित महानगरको भूमिकाप्रति टिप्पणी गर्नुभएको थियो ।

त्यस्तै ठोस निति एवम् कार्यगत लक्ष्यसहित उहाँले राजधानीको फोहर व्यवस्थापनको लागि कामगर्नमहानगरलाइ आग्रह गर्दै नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहर मिल्काउनेलाई कडा दण्ड दिन सुझाव दिनु भएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।