शनिबार, बैशाख ८, २०८१

सावर लिंदा कपडा लगाउने कुरै भएन :विनीता

तपाईलाई पहिलो चलचित्र ‘चपली हाईट’ ले ‘हाईट’ मैं पुर्याईदियो है?
म आफुलाई एकदमै भाग्यमानी मान्छु की मलाई ‘चपली हाईट’ ले चर्चाको शिखरमा पु–याइदियो। यो क्षेत्रमा नाम कमाउन मैले धेरै संघर्ष गर्नु प–यो। यो चलचित्र यति धेरै चल्यो की दर्शकको अपार माया पाउन सफल भएँ। सबैलाई धन्यवाद दिन चाहन्छु।

नेपाली चलचित्र क्षेत्रमा काम गर्न कत्तिको उत्साहित हुनुहुन्छ?
मैले पाएको सफलताबाट एकदमै उत्साहित छु। पहिलो चलचित्रबाट नै दर्शकहरुले यति धेरै मायाँ दिनु भएको छ। अबका दिनमा नयाँ खालका भुमिकामा प्रस्तुत भएर दर्शकको मन जित्ने कोशिश गर्ने छु।
‘चपली हाईट’मा अंग प्रर्दशनमा निकै उदार देखिनु भएको छ नी?
मैले ‘चपली हाईट’ मा अंग प्रदर्शन गरेकै छैन। टपलेस फोटोका कारण मात्रै विवादमा आएको हो। नांगो शरिर पनि देखाएको छैन। सबैले बुझ्नुपर्ने कुरा हो, सावर लिंदा कपडा लगाउने कुरै भएन । ‘डर्टी पिक्चर’ जस्ता चलचित्रलाई राम्रो भन्ने नेपाली दर्शकले ‘चपली हाईट’ लाई अश्लिल भन्नुपर्ने कुनै कारण म देख्दिन। अंग प्रदर्शनमा उदार भन्दा पनि ‘सेक्स’ कन्टेन्ट’मा आधारित चलचित्र भएकाले विषयवस्तुले मागे अनुसार प्रस्तुत भएको मात्रै हो।
नेपाली चलचित्र क्षेत्रमा ‘चपली हाईट’ पछि धेरै अश्लिलता भित्रिंदै छ, होईन?
पक्कै पनि हिजो आज बनेका र बन्दै गरेका चलचित्रहरु भल्गर बन्दै गएका छन। ‘चपली हाईट’ ‘सेक्स कन्टेन्ट’ चलचित्र हो। त्यही धारलाई पछ्याउँदै धमाधम निर्माण हुँदै छन। यो दुखको कुरा हो। सेक्सका सिनहरु ‘फोर्स फुल्ली’ राख्ने काम भैरहेको छ। हामीले नयाँ प्रयोग गरेर नेपाली चलचित्रलाई अगाडि बढाउने प्रयास मात्र गरेका हौं। अश्लिलता भित्र्याउने काम हामीबाट भएको होईन । तर हिजो आज बन्दै गरेका भल्गर चलचित्रले समाजमा पार्ने नकारात्मक प्रभावप्रति भने म चिन्तित छु।
binitसमाजले पचाउन नसक्ने खालका चलचित्रका लागि छुट्टै हलको व्यवस्था गरिनुपर्ने माग पनि आईरहेको छ नी?
‘सी ग्रेड’का चलचित्रका लागि अलग्गै हलको व्यवस्था गरिनु राम्रो कुरा हो। समाजले पचाउनै नसक्ने त्यस्ता चलचित्रले समाजमा विकृति निम्त्याउने हुँदा यो माग एकदमै जायज छ।
तपाइलाई छाडा नायीकाको आरोप पनि लाग्यो, सेक्स मनोविज्ञानलाई मजाले ‘ चपली हाईट’ मा प्रस्तुत गरिदिनुभयो, अब सिधा सादा रोलमा देखिनुभयो भने दर्शकले मन पराउलान् त?
अवश्य पनि दर्शकले मलाई मन पराउनु हुनेछ। मैले त्यो चलचित्रमा विषयवस्तुलाई राम्रोसंग प्रस्तुत गर्ने कोशिस गरेकी हुँ। आगामी मेरा चलचित्रहरु फरक खालका हुनेछन। ‘चपली हाईट’ मा मन पराएजस्तै जस्तै सिधा सादा रोलमा पनि दर्शकले पक्कै पनि मलाई मन पराउनु हुनेछ।
एकै चोटि ‘सेक्स कन्टेन्ट’ को चलचित्रमा अभिनय गर्ने आँट कसरी आयो त?
यो चलचित्रमा काम गरेर मैले ठूलो ‘रिस्क’ लिएँ। कतिले नेपाली फिल्म उद्योगलाई नै विनीताले बिगार्ने काम गरी भन्ने आरोप पनि लगाए। सुस्ताएको नेपाली चलचित्र उद्योगलाई नयाँ प्रयोग र दर्शकलाई नयाँ स्वाद दिने कोशिस मात्रै गरेको हो। वास्तवमा समयको माग पनि भएकाले अभिनय गर्ने आँट आएको हो।
नयाँ कुन –कुन चलचित्रमा देखा पर्दै हुनुहुन्छ?
अहिले ‘फुल स्टप’ मा काम गर्दै छु। यो ‘कमर्सियल थी्रलर’ हो। यो बिनीको भन्दा निकै निकै भिन्न तरिकाको चलचित्र हो।
त्यसोभए अब कस्ता चलचित्रमा काम गर्ने रहर छ?
अबका दिनमा म बिनीका रुपमा प्रस्तुत हुन्न। ‘चपली हाईट’ को सफलतापछि अहिले प्रर्दशनमा आएका र आउन लागेका जति पनि चलचित्र छन् सबैभन्दा पहिले मलाई अफर आएको थियो। मैले स्क्रीप्ट पढेर रिजेक्ट गरेको हुँ। फोर्स फुल्ली ‘सेक्स’ बेच्ने सिनेमा खेल्दिन पनि। अब मलाई ‘सेक्स कन्टेन्ट’ बाहेकका सिनेमामा काम गर्ने रहर छ।
नेपाली चलचित्रमा नाम छ दाम छैन भनिन्छ नी?
कलाकारले आर्थिक पक्षलाई मात्रै जोड दिनु त्यति राम्रो कुरा होईन। काम गर्दै जाँदा नामसंगै दाम पनि कमाईन्छ। तर कलाकार भईसकेपछि मेन्टेन गर्न निकै ग्राहो पर्दो रहेछ। पुरुष कलाकारको भन्दा महिला कलाकारको पाश्रिमिक न्युन छ। समग्रमा जति चर्चा हुन्छ त्यतिको दाम भने छैन ।
तपाईको व्याइफ्रेन्ड छ की छैन?
अहिले म सिंगल नै छु। व्याइफ्रेन्ड छैन। – नविन सन्देस